Select Menu

राजनीति

समाज

खेलकुद

स्वास्थ्य

प्रविधि

फिल्मी

मनोरन्जन

Video Posts

» » साउनमा २ अर्ब ३० करोडको हकप्रद सेयर निष्काशनको अनुमति


Unknown 10:44:00 AM 0


४ भदौ, काठमाडौं । नेपाल धितोपत्र बोर्डले साउन महिनामा मात्रै २ अर्ब ३० करोड ८६ लाखरुपैयाँ बराबरको हकप्रद सेयर निष्काशनको अनुमति दिएको छ ।

बोर्डले पाँच वटा कम्पनीलाई हकप्रद सेयर निष्काशनको अनुमति दिएको हो । बोर्डले प्रतिकित्ता सय रुपैयाँ अंकित दरका २ करोड ३० लाख ८६ हजार कित्ता हकप्रद निष्काशनका लागि अनुमति दिएको हो ।

बोर्डले प्राइम कमर्शियल बैंकलाई ३ बराबर एकका दरले १ करोड २३ लाख ५० हजार कित्ता हकप्रद सेयर निष्काशनका लागि गत साउन २ गते अनुमति दिएको थियो । प्राइमको सो हकप्रद सेयर सिभिल क्यापिटल मार्केटले निष्काशन तथा बिक्री प्रवन्धकको काम गर्ने छ ।

त्यसैगरी, सेञ्चुरी कमर्शिलय बैंकले १० बराबर ३ का दरले ८५ लाख २२ हजार कित्ता हकप्रद निष्काशनका लागि अनुमति पाएको छ । सो सेञ्चुरीको पनि सेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटलले नै गर्नेछ ।

त्यस्तै, तेह्रथुममा मुख्य कार्यालय रहेको एकजिल्ले माउन्ट मकालु डेभलपमेन्ट बैंकले पनि १ बराबर १.५ को अनुपातमा ३ लाख ९० हजार कित्ता हकप्रद सेयर निष्कानका लागि बोर्डबाट अनुमति पाएको छ । यो बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल रहेको छ ।

त्यस्तै, गुहृवेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले २ बराबर १ को अनुपातमा १४ लाख ६८ हजार कित्ता हकप्रद निष्काशनको अनुमति पाएको छ । यो संस्थाको सेयर निष्कान तथा बिक्री प्रबन्धक पनि एनआइबीएल क्यापिटल हो ।

त्यसैगरी, साहारा विकास बैंकले पनि १ बराबर १.५ को अनुपातमा ३ लाख ५४ हजार कित्ता सेयर निष्काशनका लागि धितोपत्र बोर्डबाट अनुमति पाएको छ । यो बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमइ क्यापिटल छ ।

हकप्रद सेयरको मूल्य र अनुपात निश्चित हुन्छ । कम्पनीले आफ्नो आवश्यकताअनुसार हकप्रद सेयर उठाउँछन् ।

संस्थाले आफ्ना सेयरधनीहरुलाई साधारण सेयर जारी गरेकै मुल्यमा थप सेयर उपलब्ध गराउँछ भने त्यो हकप्रद सेयर हो । त्यसैले हकप्रद सेयर सम्बन्धित संस्थाको सेयर भएकाहरुले मात्रै पाउँछन् ।

«
Next
Newer Post
»
Previous
Older Post
Copyright © 2014 ILAM ONLINE.