Select Menu

राजनीति

समाज

खेलकुद

स्वास्थ्य

प्रविधि

फिल्मी

मनोरन्जन

Video Posts

» » प्रेमी प्रमिकाद्धारा आत्महत्या प्रेमिको सुसाइट नोट ः एउटै चितामा जलाउँनु


Unknown 5:41:00 AM 0

विराटनगर, असार १३ – सँगै जिउने र सँगै बाँच्ने कसम खाएका प्रेमी–प्रेमिकाले एकैदिन आत्महत्या गरेका छन् । मोरङको केराबारी– २ की १७ वर्षीया रक्षा भण्डारी र केराबारी– ४ कुवानीका १९ वर्षीय खेमप्रसाद बरालले शनिबार एकैदिन आ–आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेका हुन् ।

यसै वर्ष केराबारीस्थित मछिन्द्र माविबाट एसएलसी पास गरेका बराल र भण्डारी लामो समयदेखि प्रेम सम्बन्धमा रहेको प्रहरीले जनाएको छ । दुवैजनाको प्रेम सम्बन्धमा घरपरिवारले स्वीकृति नदिएपछि दुवैजनाले आत्महत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ ।इलाका प्रहरी कार्यालय केराबारीका सई सूर्य प्रसाईंका अनुसार टाउको दुख्यो भनेर कोठामा पसेकी रक्षा सलको पासो लगाएर झुन्डिएकी थिइन् । प्रेमिकाले आत्महत्या गरेको खबर पाएलगत्तै खेतमा पानी लगाउन गएका खेमप्रसाद पनि सुसाइड नोट लेखेर नाइलनको पासोमा आफ्नै कोठामा झुन्डिएका थिए । नयाँ पत्रिकाले छापेको छ ।

दुवैजनाको तत्काल मृत्यु भएकाले शव परीक्षण गराई प्रहरीले परिवारलाई अलग–अलग रूपमा जिम्मा लगाएको थियो । उनीहरूको शनिबारै दाहसंस्कार गरिएको आफन्तले जनाएका छन् ।
खेमप्रसादले प्रेमिका रक्षालाई सम्बोधन गर्दै लेखेको सुसाइड नोटमा बिरामी हुँदा पनि साथ दिएको तर अकस्मात मृत्यु रोजेर आफूलाई सेवा गर्ने अवसर नदिएको भन्दै गुनासो गरेका छन् । उनले आफूलाई रक्षा जलाएकै चितामा जलाइदिन पनि आग्रह गरेका छन् । रक्षाका आफन्तले पोस्टमार्टमपछि जिम्मा लिएर केही पहिले नै शव जलाएका थिए भने खेमप्रसादलाई आफन्तले रक्षालाई जलाएकै स्थानमा जलाएका थिए ।

«
Next
Newer Post
»
Previous
Older Post
Copyright © 2014 ILAM ONLINE.