Select Menu

राजनीति

समाज

खेलकुद

स्वास्थ्य

प्रविधि

फिल्मी

मनोरन्जन

Video Posts


तपाइले आफ्नो विन्डोज XP, 7, 8 वा 10 को पासवर्ड बिर्सनु भयो ? या अरु कसैको कम्प्युटर पासवर्ड बिना खोल्न चाहनु हुन्छ ?


यसरी हटाउनुहोस विन्डोज लगइन पेज




"KON-BOOT" सफ्टवेयर बाट पासवर्ड हटाउने तरिका




१.तल दिएको लिंक बाट "KON-BOOT FULL VERSION" सफ्टवेयर डाउनलोड गर्नुहोस्,
२.डाउनलोड भएको फाइल लाई "EXTRACT " गर्नुहोस्,
३.पेन ड्राइभ लगाउनुहोस, (अन्य अरु पेन ड्राइभ लगाएको छ भने हटाउनु होस् )
४.फाइल "EXTRACT" भएको ठाउमा जानुहोस र “usb_install_RUNASADMIN.bat” फाइलमा RIGHT CLICK गरी “Run As Administrator” मा CLICK गर्नुहोस्,

यति गरिसकेपछि PENDRIVE निकालेर पासवर्ड भएको कम्प्युटरमा लगाउनुहोस् ,

५. बायोज SETTING बाट "Boot from USB" छान्नुहोस्,
६.अब सिस्टममा देखाए अनुसार गर्दै जानुहोस्,
७.BOOTING प्रोसेस समाप्त भएपछी तपाइले चलाउनु भएको कम्प्युटर पासवर्ड बिना खुल्दछ,
८.ENTER थिच्नुहोस्,

सफ्टवेयर डाउनलोड गर्न को लागि यहाँ जानुहोस्

Kon-Boot v2.5 Precracked (1 MB) / Mirror





मुम्बई– कहिले सेभी न्युड तस्बिर त कहिले उत्तेजित भिडियो र प्रतिक्रियाबाट सँधै चर्चामा आइरहने भारतीय मोडल पुनम पाण्डे फेरि चर्चामा आएकी छन्। पाण्डेले अब भारतका मोवाइल प्रयोगकर्ताका लागि पहिलो मोबाइल एडल्ट फिल्म ‘द विकेण्ड’ लिएर आउने भएकी हुन्। उनले मोवाइल प्रयोगकर्ताका लागि मोवाइलमै यौन बेच्ने तयारी गरेकी छन् । पाण्डेले उक्त चलचित्रको ट्रेलर नयाँ दिल्लीमा सार्वजनिक गरेको भारतीय संचार माध्यमले जनाएका छन्।

२२ मिनेट अबधिको उक्त सर्ट चलचित्र विना कुनै सेन्सर मोवाइल प्रयोगकर्ताले २४ सेप्टेम्बरमा आफ्नै मोवाइलमा हेर्न सक्ने छन्।
भारतमा सामाजिक संजालमा सर्वाधिक खोजीने सेलीब्रेटिका रुपमा रहेकी पुनमले आजकल धेरै जनाले सेन्सरका बारेमा कुरा गरेपनि कसैले केही गर्न नसक्ने बताइन्। उनले भनिन्, ‘ यौनको विषयमा जब कसैले केही भन्छ तब मानिस पन्छिन खोज्छन्, उनीहरु यस्तो प्रतिक्रया दिन्छन् की केही कुरा नै भएको छैन तर सबैलाई थाहा छ यो के हो।’

उनले आफू सन्नी लियोनीको फ्यान रहेको बताउँदै लियानीको जस्तो कार्य गर्न धेरै साहस चाहिने बताइन्। उक्त चलचित्रको ट्रेलर सार्वजनिकसँगै पाण्डेले पुनम पाण्डे डट इन नामक वेभासइट पनि सार्वजनिक गरकी छन् ।

काठमाडौं—प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्पपीडितलाई पाँच लाख रुपैयाँ दिइने बताएका छन्। सो पाँच लाखमध्ये ३ लाख रुपैयाँ नगद अनुदान र २ लाख रुपैयाँ सामुहिक जवानीमा ऋण हुनेछ। संसदको विकास समितिमा उपस्थित भएका उनले भूकम्पपीडितलाई यसअघि दिइने भनिएको २ लाख रुपैयाँमा १ लाख रुपैयाँ थप गर्ने उल्लेख गरेका हुन्।

'भूकम्पपीडितलाई घर बनाउन थप १ लाख रुपैयाँ दिइनेछ। यसबारे सरकारले केही दिनमै निर्णय गर्नेछ', प्रधानमन्त्री दाहालले भने, 'म वास्तवमै भूकम्पपीडितको घर बनाउने सपना पूरा गर्न लागिरहेको छु।' भूकम्पपीडितलाई सरकारले यसअघि २ लाख रुपैयाँ नगद दिने जनाएको थियो।

उनले सामुहिक जवानीमा २ लाख रुपैयाँ उपलब्ध गराइने जानकारी दिए।

हालसम्म ७५ हजार ९ सय ६२ भूकम्पपीडितले पहिलो किस्तास्वरुप ५० हजार रुपैयाँ बुझेका छन्। घर बनाउनका लागि सरकारले ५० हजार रुपैयाँ पहिलो किस्ता दिएको अवस्थामा आइतबार प्रधानमन्त्रीले रकम बढाउने उल्लेख गरेका हुन्।

हुलाकी राजमार्गको गाँठो फुक्यो

प्रधानमन्त्री दाहालले आफ्नो असन्न भारत भ्रमणमा तराईको हुलाकी राजमार्ग निमार्णबारे नयाँ सम्झौता हुने सुनाए।

उनले हुलाकी राजमार्ग निर्माणको गाँठो फुकेको बताए। 'हुलाकी राजमार्ग निर्माणको गाँठो फुकेको छ', उनले भने, 'मेरो भारत भ्रमणमा यो विषयमा सम्झौता हुनेछ।'

तराईको विकासको कोशेढुंगा मानिएको हुलाकी राजमार्ग आयोजना झन्डै दुई दशकदेखि अलपत्र छ। भारतीय सहयोगको सो आयोजनामा पछिल्ला वर्षहरुमा एकपछि अर्को सम्झौता थप भए पनि निर्माण कार्य अघि बढ्न सकेको छैन। प्रधानमन्त्री दाहालले भदौ ३० देखि भारतको भ्रमण गर्दैछन्। गाँठो फुकेको कुरा के हो भन्ने विषय प्रधानमन्त्री दाहालले खुलाएनन्।
एल्ड्रिनलाई काठमाण्डौं एयरपोर्टमा स्वागत गरिँदै। तस्बिर सौजन्य : दिलीप अधिकारी

चन्द्रमामा दोस्रोपटक पाइला टेकेका अमेरिकी नागरिक बज एल्ड्रिन आइतबार राति १० बजेर ३० मिनेटमा काठमाडौं आइपुगेका हुन्। फ्लाइट दुबईको जहाजबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा ओर्लिएका एल्ड्रिनलाई एभरेष्ट साइन्स सेन्टरका सञ्चालक युवा वैज्ञानिक दिलीप अधिकारीले स्वागत गरे।

राति काठमाडौंस्थित याक एण्ड यति होटलमा विश्राम गरेका एल्ड्रिन सोमबार बिहान लुम्बिनी पुगेका छन्। एल्ड्रिनसँगै रहेका अधिकारीका अनुसार लुम्बिनीको भ्रमणपछि उनी फेरि काठमाडौं नै फर्किनेछन्। ‘बिहानै भैरहवा एयरपोर्ट हुँदै एल्ड्रिनसहितको टिम लुम्बिनी आइपुगेको छ,’ अधिकारीले भने, ‘लुम्बिनीको भ्रमणपछि हामी सिधै काठमाण्डौं फर्किनेछौं।’

एल्ड्रिनसँगै उनका छोरा डाक्टर एन्डी, बुहारी, इन्टरप्राइजेजका मैनेजर, नासा हाउसटन अमेरिकाका अध्यक्ष एलिजावेथ लेवलन्स र वैज्ञानिक जोसेफ लेवलन्स पनि नेपाल आएका हुन्। अधिकारीका अनुसार एल्ड्रिनका छोरा एन्डी मंगलग्रहमा भविष्यमा बस्ती बसाउने कार्यक्रमका अध्यक्ष पनि हुन्। वैज्ञानिक जोसेफ मंगलग्रहमा ओरिएन नामक रोकेट पठाउने तयारी गरिरहेका छन्।

एल्ड्रिन मंगलबार बिहान विराटनगर आइपुग्नेछन्। सुनसरीको सितागञ्जमा रहेको एभरेष्ट साइन्स सेन्टरमा उनी चन्द्रमामा पुगेका अनुभव र आफ्नो भोगाइ बारे २ घण्टा प्रवचन दिनेछन्। मंगलबार साँझ नै एल्ड्रिन काठमाडौं फर्किनेछन्।

को हुन् एल्ड्रिन

२० जनवरी १९३० मा जन्मिएका एल्ड्रिन अमेरिकी यान्त्रिक इञ्जिनियर हुन्। उनी संयुक्त राज्य अमेरिकाको एयर फोर्सबाट सेवानिवृत पाइलट हुन्। उनी अपोलो-११ ल्युनर मोडयूल पाइलट थिए। यो अन्तरिक्ष यात्राको इतिहासको पहिलो विमान थियो, जुन मानवसहित चन्द्रमामा पाइला टेकेको थियो। एल्ड्रिन चन्द्रमामा पाइला टेकेका दोस्रो व्यक्ति हुन्। उनीभन्दा अघि मिशनका कमान्डर नील आर्मस्टांङले चन्द्रमामा पाइला टेकेका थिए।

अपोलो-११ मिशनअन्तर्गत अमेरिकी अन्तरिक्ष यानले १६ जुलाई १९६९ मा फलोरिडाबाट चन्द्रमाका लागि उडान भरेको थियो। जसमा तीनजना मिशनका कमान्डर नील आर्मस्टाङ, मोडयूल पायलट माइकल कोलिन्स र लूनर माडयुल पायलट एल्ड्रिन चढेका थिए। आर्मस्टाङ र एल्ड्रिन चन्द्रमाको सतहमा उत्रिए भने कोलिन्स रकेटबाटै चन्द्रमाको कक्षको चक्कर लगाइरहे। उनीहरुले चन्द्रमा लगेको इगल नामको यान २१ घण्टा ३१ मिनेट चन्द्रमाको सतहमा रहिरहयो। इगल नामक यानको पायलट थिए, एल्ड्रिन।

आर्मस्टाङ चन्द्रमा सतहमा उत्रिएपनि एल्ड्रिन भने यानमै ‘स्टैण्डवाई’ बसिरहे। ६ घण्टा जति आर्मस्टाङ चन्द्रमाको चक्कर लगाएपछि एल्ड्रिन यानबाट उत्रिएका थिए। आर्मस्टाङ र एल्ड्रिनले चन्द्रमाबाट धुलो, पाउडर र चट्टान २१ किलो ५ सय ग्राम संकलन गरेर पृथ्वीमा ल्याए। उनीहरूले चन्द्रमाबाट ल्याएको त्यही चट्टान एल्ड्रिनले प्रवचन दिने एभरेष्ट साइन्स सेन्टरमा ४ वर्षअघि प्रदर्शन गरिएको थियो।
फाइल तस्बिर

पोखरा: भारतीय सीमा सहर सुनौली जुगौलीका खुर्सिद अहमदलाई आफ्नो ठेगाना भन्न निकै सजिलो थियो । कसैले घर कहाँ भनेर सोध्दा उनी भन्न सक्थे, 'जुगौलीको सबैभन्दा अग्लो र राम्रो घर जुन हो, त्यही मेरो हो ।' सबैको आँखामा बसेको घरकै कारण आफ्नै छिमेकीको आँखी भएको छु भन्ने उनलाई कहिल्यै हेक्का भएन ।

त्यो घर जहाँ उनी मस्तको निद्रा निदाउँथे र आरामको जिन्दगी बाँचिरहेका थिए । यस वर्ष त्यसैको कारण झन्डै उनको ज्यान गएन । उनको धनदौलत देखेर आरिस गर्ने छिमेकीको योजनामा बुनिएको प्रेमको नाटकमा परी अपहृत अहमद मुस्किलले बाँचेका छन् । भैरहवाकी एक युवतीसँग फोनैफोनमा चिनजान भएर उनी यसै साता घुम्न पोखरा आएका थिए । त्यतिखेर मात्रै उनी छाँगाबाट खसे जब उनलाई युवतीले आफ्नो घर हो भनेर लगेको ठाउँमै थुनिनुपर्‌यो ।

भदौ १२ गते उनी लेखनाथ नगरपालिका-८ सिसुवामा अशोक अधिकारीको घरको एक कोठामा बन्धक बने । झ्यालबाट झरेर निस्कँदा चोरको बात लाग्यो र प्रहरीकहाँ पुर्‌याइए । प्रहरीले तलासी लिएपछि बल्ल खुल्यो, उनी त अपहरणमा परेका रहेछन् । यता उनी कोठामा थुनिएका थिए, उता उनका दाजुसँग एक करोड रुपैयाँ माग्दै फोन पुगिसकेको थियो । 'नदिए मार्ने धम्की दिएका रहेछन्', कास्की प्रहरी प्रवक्ता डीएसपी गजुसिद्धि बज्राचार्यले अन्नपूर्णसँग भने ।

स्रोतका अनुसार भैरहवाबाट फोन गर्ने नेपाली युवतीले भेटघाट र घुमघामको बहानामा उनलाई पोखरा बोलाइन् । उनी पनि युवती भेट्ने लालसाले आए । ती युवतीलाई परिचालन गरेका उनकै छिमेकी र मधेसी मूलका नेपालीले लेखनाथमा अशोक अधिकारीको घरमा डेरा लिइसकेका थिए ।

मार्बलको काम गर्ने भनेर परिचय दिएका उनीहरूले घरबेटीलाई पहिल्यै बैना पनि बुझाएका थिए । बैना बुझाएको भोलिपल्टै त्यो डेरामा लगेर अहमदलाई थुनिएको थियो । कास्की प्रहरीले अहमद अपहरणका योजनाकार उनका छिमेकी र नेपाली अरू युवालाई समातिसकेको छैन । अहमदलाई पोखरासम्म डाक्न प्रयोग भएको गाडीका चालक भने कास्की प्रहरीको फन्दामा परिसकेका छन् ।
अपहरणमा संलग्न आरोपमा प्रहरीले भारतीय नागरिक साहाबुद्धिन कुसेरीलाई पक्रेको हो । उनको साथबाट प्रहरीले एक थान पेस्तोल पनि बरामद गरेको छ । खोजतलास गर्दा प्रहरीले त्यो डेराबाट मेड इन युएसए उल्लिखित पेस्तोल फेला पारेको हो ।

डीएसपी बज्राचार्यका अनुसार स्थानीय अशोक अधिकारीको घरमा नेपालको मधेसी मूलका एक र अर्का भारतीय नागरिकले शुक्रबार डेरा लिएका थिए । 'शुक्रबार डेरा लिए, शनिबार गएर बैना दिए, आइतबार मान्छे अपहरण गरेर लगी बन्धक बनाए', डीएसपी बज्राचार्यले भने, 'मार्बलको काम गर्ने मान्छे हौं भनेर डेरा लिएका रहेछन् ।'

डीएसपी बज्राचार्यका अनुसार अपहरणकारीले एक महिनाअघिदेखि योजना बनाएका थिए । सोहीअनुसार अहमदलाई उनीहरुले पोखरा घुम्न र यतै कुराकानी गर्न बोलाएर अपहरण गरेको बज्राचार्यले बताए । भदौ ११ गते पोखरा आएका अहमद भोलिपल्टै बन्धक बनाइएका थिए र पर्सिपल्ट मुक्त भएका थिए ।

प्रहरीले साहाबुद्धिन कुसेरीलाई थप अनुसन्धानका लागि थुनामा राख्न कास्की जिल्ला अदालतबाट १७ गते अनुमति लिइसकेको छ । उक्त घटनामा संलग्न नवलपरासी कावासोती-११ बस्ने वर्ष २१ का अरुण घलेलाई रूपन्देहीबाट पक्राउ गरी कास्की प्रहरीमा ल्याइसकिएको छ । अहपरणका मुख्य योजनाकारको खोजी गरिरहेको जानकारी पनि डीएसपी बज्राचार्यले दिए ।

दुई वर्षअघि पनि पोखरामा घुम्न बोलाएर अपरहण गर्ने भारतीय नागरिक पक्राउ परेका थिए । भैरहवानजिकको भारतीय सीमा सहर नौतनहवाका अमृतपाल सिंह र गुरुदीपपाल सिंहलाई लेकसाइडको होटलमा बन्धक बनाएर अपरहणकारीले ५० लाख रुपैयाँ फिरौती मागेका थिए । अंग्रेजी नयाँ वर्षको मौकामा पोखरा घुम्न आएका उनीहरूलाई नौतनहवाकै राजेन्द्र कसोधन, महाजन गुप्ता र राजेश कसोधनले नेपाली युवाहरूसमेत अपहरण गरेका हुन् । त्यतिबेला होटललाई चारैतिरबाट घेरा हाली प्रहरीले अपहृतको उद्धारसँगै पीडकलाई पक्रेको थियो ।

पोखरामा नयाँ वर्ष मनाएर गोरखाको मनकामना मन्दिर पुगेका सिंह दाजुभाइसहित ६ जनालाई रोहित सुनार, कमल पुनमगर र सुरज सेनको सहयोगमा अन्य भारतीयले अपहरण गरी सोही दिन साँझ पोखरा ल्याएका थिए ।
Copyright © 2014 ILAM ONLINE.