अब अनलाइन बाट निशुल्क सेयर तालिम
Unknown
5:51:00 PM
0
सेयर बजारको बारेमा जनचेतना जगाउने उद्देश्यले ‘थ्री आर बिजनेस’ले लर्नाेभेष्ट डटकम अनलाइन मार्फत सेयरबजार सम्बन्धी निशुल्क तालिम दिन थालेको छ।
अहिले learnovest.com मार्फत १० वटा कोर्सहरु पढाउन लागिएका थ्री आर बिजनेसका निर्देशक ब्रबिम बिक्रम थापाले जानकारी दिएका छन्।
यो अनलाइन मार्फत जुनसुकै कोर्सको तालिम लिए पनि निशुल्क प्रदान गरिने थापा बताउँछन्। यस अनलाइनमा राखिएका कोर्सहरुमा विभिन्न पाठ्य पुस्तकका साथै भिडियो सामाग्री समेत राखिएको उनले बताए।
साथै यसमा सेयर मार्केट सम्बन्धी इन्भेष्टमेन्ट गेम पनि राखिएको छ।




