Select Menu

राजनीति

समाज

खेलकुद

स्वास्थ्य

प्रविधि

फिल्मी

मनोरन्जन

Video Posts

» » काठमाडौंको थानकोटदेखि चन्द्रागिरी डाँडासम्म केबुलकार


Unknown 3:11:00 PM 0

काठमाडौंको थानकोटदेखि चन्द्रागिरी डाँडासम्म केबुलकार सञ्चालनमा आएको छ। चन्द्रागिरी हिल्स प्रालिले अष्ट्रियन प्रविधिबाट सञ्चालनमा ल्याएको यो केवुलकारमा ३८ वटा क्याबिन र सामान बोक्ने ३ डब्बा सहित ४१ बटा क्याविन चल्छन्।

यहाँबाट काठमाडौं उपत्यकासहित आसपासका जिल्ला तराईसम्मै देखिन्छ। साथै उत्तरी हिमाल अझै सुन्दर लाग्छन्।

चन्द्रागिरीको चुचुरोबाट अन्नपूर्ण हिमश्रृखलादेखि सगरमाथासम्मका हिमश्रृखलासम्म हेर्न सकिन्छ । यस ठाँउबाट गणेश हिमाल सुन्दर देखिन्छ

केवुलकार सञ्चालनमा आएदेखि यहाँ आन्तरिक पर्यटकहरूको घुइँचो लाग्न थालेको छ ।

केवुलकारसँगै चन्द्रागिरीमा भालेश्वर मन्दिर, थ्रि डि हल, बालउद्यान, पार्क, पिकनिक स्पट, भ्यूटावर, अर्डिटोरियम हलसँगै होटल पनि निर्माण गरिएको छ।

केवुलकार चढ्ने ग्राहकले दुईतर्फी ७ सय रूपैयाँ तिर्नुपर्छ। थानकोट, फाखेल र चित्लाङका स्थानीयले त्यसमा २५ प्रतिशत छुट पाँउछन्। अपाङ,बृद्ध र विद्यार्थीलाई २५ प्रतिशत छुट दिइएको छ।

चन्द्रागिरी हिल्स प्रालिले केवुलकार संचालननार्थ नेपाल सरकारसँग ४० वर्षका लागि स्पट भाडामा लिएर चलाएको हो।

कम्पनीले प्रतिवर्ष १ लाख ८० हजार भाडा तिर्ने सम्झौता गरेको छ। उक्त सम्झौतामा हरेक वर्ष १० प्रतिशतले मूल्य समायोजन हुन्छ।

फोटो फिचर : 
साभार: सेतो पाटी








«
Next
Newer Post
»
Previous
Older Post
Copyright © 2014 ILAM ONLINE.