Select Menu

राजनीति

समाज

खेलकुद

स्वास्थ्य

प्रविधि

फिल्मी

मनोरन्जन

Video Posts

» » रोल्पामा रक्तश्रावका कारण सुत्केरीको मृत्यु


Unknown 7:15:00 AM 0

अत्यधिक रक्तश्रावका कारण रोल्पामा शनिबार एक जना सुत्केरीको मृत्यु भएको छ।

तालाबाङ–८ बुढागाउँ निवासी १७ वर्षीया सुकु घर्तीमगरको स्वास्थ्य चौकी तालाबाङमा उपचारको क्रममा रक्तश्रावका कारण मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

मगरलाई घरमा सुत्केरी व्यथा लागेपछि स्वास्थ्य चौकी लैजाँदै गर्दा बाटोमा बच्चा जन्मेको थियो। तर, रक्तश्राव नरोकिएपछि उपचारका लागि स्वास्थ्य चौकीमा पुर्याइएको थियो। रक्तश्राव नरोकिएपछि मगरको उपचारका क्रममा मृत्यु भएको तालाबाङ स्वास्थ्य चौकीका इन्चार्ज पदम घर्तीले जानकारी दिए।

गर्भवती भएपछि स्वास्थ्य चौकीमा चार पटक नियमित जाँच गर्नुपर्ने भए तापनि मगरले एकपटक मात्रै जाँच गरेको स्वास्थ्य संस्थाहरूले जानकारी दिएका छन्। जिल्लामा अझै पनि अर्भावस्थामा स्वास्थ्य चौकीमा नियमित चेकजाच गराउनुपर्छ भन्ने चेतनाको अभाव छ।

जिल्ला अस्पताल रोल्पाका अहेव कुलबहादुर डाँगीले नियमित स्वास्थ्य चेकजाँच नगराउनु र घरमै सुत्केरी गराउन प्रयास गर्नुले यस्ता घटना दोहरिँदै आएको जानकारी दिए।

«
Next
Newer Post
»
Previous
Older Post
Copyright © 2014 ILAM ONLINE.