Select Menu

राजनीति

समाज

खेलकुद

स्वास्थ्य

प्रविधि

फिल्मी

मनोरन्जन

Video Posts

» » निशा कास्यको भिडन्तमा १ अंकले चुकिन्


Unknown 7:10:00 AM 0


रियो ओलम्पिकमा नेपाली तेक्वान्दो खेलाडी निशा रावलको यात्रा समाप्त भएको छ। कास्य पदकका लागि फ्रान्सकी ग्वाल्डिज इपान्गुईसँगको संघर्षपूर्ण भिडन्तमा उनी ४–३ अंकले पराजित बन्न पुगिन्।

आइतवार बिहान रियोस्थित कारिओका एरिना–३ मा भएको खेलमा निशाले सन् २००८ बेइजिङ ओलम्पिककी कास्य विजेता फ्रेन्च खेलाडीसँग दह्रो भिडन्त गरेकी थिइन्। तर, तेस्रो बाउटमा फ्रेन्च खेलाडीसँग १ अंक गुमाउन पुगेपछि उनी दूर्भाग्यपूर्ण रूपमा अघिल्लो चरणमा प्रवेश गर्नबाट बञ्चित भइन्।

६७ केजी माथि हेभिवेट स्पर्धामा निशाले पहिलो बाउटमा ३ अंक गुमाउन पुगेकी थिइन्। तर, दोस्रो बाउटमा आक्रामक देखिएकी निशाले ३ अंक बटुल्दै इपान्गुईसँगको खेल ३–३ को बराबरीमा पुर्याएकी थिइन्।

निशा रेपेचार्ज राउन्डअन्तर्गत कास्य पदकका लागि फ्रेन्च खेलाडीसँग भिडेकी हुन्। यसअघि स्वर्णका लागि शनिवार साँझ ७ बजेर ४५ मिनेटमा भएको खेलमा उनी चीनकी सुयिन झिङसँग २–० को झिनो सेटमा पराजित भएकी थिइन्।

यद्धपी रियो ओलम्पिकमा निशाको यात्रा समाप्त भयो। तर, उनले यसअघि नेपालबाट ओलम्पिक खेलेका अन्य २ खेलाडीभन्दा उत्कृष्ट खेल प्रदर्शन गरिन्। २० वर्षीय निशाभन्दा अघि सन् २००४ को एथेन्स ओलम्पिकमा संगीना बैध र सन् २००८ को बेइजिङ ओलम्पिकमा दीपक बिष्ट भिडेका थिए।

«
Next
Newer Post
»
Previous
Older Post
Copyright © 2014 ILAM ONLINE.