Select Menu

राजनीति

समाज

खेलकुद

स्वास्थ्य

प्रविधि

फिल्मी

मनोरन्जन

Video Posts

» » नेइमारको दुई गोलपछि ब्राजिललाई फुटबलमा ऐतिहासिक स्वर्ण


Unknown 7:03:00 AM 0



कप्तान नेइमारले ब्राजिललाई ओलम्पिकमा ऐतिहासिक सफलता दिलाएका छन्। ओलम्पिकमा अहिलेसम्म स्वर्ण जित्न नसकेको ब्राजिलको धुमिलो इतिहासलाई उनले ४५ हजार घरेलु दर्शकमाझ अन्तिम पेनाल्टीमा गोल गर्दै पखाले।

नेइमारको प्रेरणामा ब्राजिलको ऐतिहासिक मराकाना रंगशालामा उत्रिँएको घरेलु टोलीले गत विश्वकपमा जर्मनीबाट पाएको ७–१ गोलको पराजयको बदला पनि लियो। दुई वर्षअघि यही मैदानमा जर्मनीले विश्वकपको सेमिफाइनलमा ब्राजिललाई लज्जास्पद रूपमा पराजित गरेको थियो।

५ पल्ट विश्वकप जितेको ब्राजिलले अहिलेसम्म कुनै ओलम्पिक स्वर्ण जितेको थिएन्। आइतबार बिहान नेपाली समयअनुसार ५ बजे नेइमारले अन्तिम पेनाल्टीबाट गोल गर्दै ब्राजिली समर्थकलाई ओलम्पिकको मिठो उपहार दिए। निर्धारित समयको खेल १–१ गोलको बराबरी र अतिरिक्त ३० मिनेटमा पनि कुनै गोल हुन नसकेपछि खेल पेनाल्टीतर्फ लागेको थियो।

जसमा पहिलो ४ पेनाल्टीमा दुवै तर्फका खेलाडीले गोल गरेका थिए। तर, पाँचौ पेनाल्टी हान्न आएका जर्मनीका निल्स पिटर्सनको बल ब्राजिलका गोलरक्षक वेभर्टनले उत्कृष्ट बचाउ गरे। यसपछि निर्णायक अन्तिम पेनाल्टी प्रहार गर्न आएका नेइमारले गोल गर्दै ब्राजिललाई ऐतिहासिक विजय दिलाए।

ओलम्पिककै लागि भनेर नेइमारले दुई महिनाअघि अमेरिकामा भएको कोपा अमेरिका कप खेलेका थिएनन्। उनलाई बार्सिलोना क्लबले पनि छुट्टी दिएको थियो। ब्राजिलले नेइमारको प्रभावशाली खेलको कारण ओलम्पिकमा स्वर्ण जित्नु ५ घण्टाअघि बार्सिलोनाले पनि आफ्नो घरेलु क्याम्प नोउमा भएको ला लिगाको यस सिजनको पहिलो खेलमा रियल बेटिसलाई ६–२ गोलले पराजित गरेको थियो। त्यो खेलमा उनका सहपाठी लुइस सुआरेजले ह्याट्रिक तथा लिओनल मेसीले २ गोल गरेका थिए। ब्राजिललाई ओलम्पिक स्वर्ण दिलाउन नेइमारले पनि २ गोल गरे।

उनले खेल सुरू भएको २६ मिनेटमा २८ मिटर टाढाबाट पाएको फ्रिकिकमा ट्रेडमार्क गोल गरे। उनको फ्रिकिक रोक्न देवाल बनेर बसेका ४ जर्मन डिफेन्सलाई चकित पार्दै उनले पहिलो वारमै च्यापेर गोल गरेका थिए। उनको यही गोलको मद्धतले ब्राजिलले पहिलो हाफमा १–० को अग्रता लिएको थियो। तर, त्यो अग्रतालाई ब्राजिलले दोस्रो हाफमा कायम राख्न सकेन।

दोस्रो हाफको खेल सुरु भएको १४ मिनेटमै जर्मनीका कप्तान म्याक्स मेयरले गोल गरे। टोल्यानको क्रसमा ब्राजिलको डिबक्समा अनमार्क रहेका म्याक्सले गोल गर्दै ब्राजिललाई स्तब्ध तुल्याएका थिए। यसपछि दुवै टोली गोल गर्नबाट चुकेका थिए। अतिरिक्त ३० मिनेटको समयमा ब्राजिलले खेललाई आफ्नो पक्षमा पारेपनि गोल गर्नबाट चुक्यो।

जर्मनीबाट माथेस जिन्टर, सर्गे जिनाब्रे, जुलियान ब्रान्डेट र निकलस सुइलेले गोल गरे। जर्मनीबाट सर्वाधिक ६ गोल गरेका पिटर्सनको गोल भने ब्राजिली गोलरक्षकले रोके। ब्राजिलबाट रेनाटो अगुइस्टा, मार्कुनोस, राफायल अल्कान्टारा, लुवान र नेइमारले गोल गरे।

«
Next
Newer Post
»
Previous
Older Post
Copyright © 2014 ILAM ONLINE.