आफैँ दिशापिसाव धोइदिने ट्वाइलेट प्यान अव नेपालमा
Unknown
8:29:00 AM
0
विकसित मुलुकहरुमा प्रचलित भइसकेको अटोमेटिक ट्वाइलेट प्यान नेपालमा पनि उपलब्ध हुन थालेको छ। ट्वाइलेट गइसकेपछि दिशापिसाव आफैँ धोइदिने अटोमटिक ट्वाइलेट प्यानलाई बालाजुमा रहेको सजना ट्रेड लिंक प्राइभेट लिमिटेडले विक्री सुरु गरेको छ ।
सजना ट्रेड लिंकले जापानीज कम्पनी पानासोनिकको कम्पनीबाट उत्पादित अटोमेटिक ट्वाइलेट प्यानको विक्री सुरु गरेको हो। संगीत समेत सुन्न मिल्ने अटोमेटिक ट्वाइलेटको सेन्सर आफैँले दिशापिसाब पश्चात फल्स गर्ने गर्दछ। साथै यो ट्वाइलेटमा पानी तातो चिसो दुवै बनाउन मिल्छ भने तातो हावाबाट पानीले भिजेका शरीरका अङ्गहरु सुख्खा पार्न पनि सकिन्छ।
यस्तो अटोमेटिक ट्वाइलेटहरुको मूल्य ९८ हजार ५ सय देखि २ लाख ३० हजार सम्म रहेका छन्। सजना ट्रेडलिंकका प्रोपाइटर सरोज न्यौपानेका अनुसार ९८ हजार ५ सय रुपैयाँमा उपलब्ध अटोमेटिक ट्वाइलेटमा दिशापिसाब आफैँ धुने सिस्टम जडान भएकोले महँगो भएको बताए।
तर अटोमेटिकक ट्वाइलेट प्रयोग गर्नलाई विद्युत भने अनिवार्य रुपमा उपलब्ध हुनपर्छ। विद्युतले प्यान सिट तातो बनाउछ। ट्वाइलेट जडान पश्चात सुरुमा ८ देखि १२ मिनेट ४८ वाट विद्युत खपत गर्दछ। तर अन्य दिनमा शौचालय प्रयोग गर्दा भने ८ देखि १० वाट मात्रै विद्युत खपत हुने न्यौपाने बताउँछन्।
विद्युतको सहायतमा नै यसको कोमटमा पानी तातो र चिसो बनाइन्छ। साथै विद्युतको सहायतामा नै तातो हावा निकालिन्छ। यसको कोमटको दायाँ भागमा विभिन्न बटनहरु रहेका हुन्छन्। जसको सहायताले पानी चिसो तातो बनाउन सकिन्छ ।
सजना ट्रेड लिंकले आफ्ना ग्राहकको लागि फ्रि डेलिभरीको व्यवस्था गरेको छ। साथै यो ट्वाइलेटमा १ वर्षको वारेन्टी प्रदान गरिने न्यौपाने बताउँछन्। विशेषगरी वृद्धवृद्धा, अपाङ्गता भएका र बालबालिबा लागि यो निकै नै उपयोगी हुने न्यौपाने बताउँछन्। साथै पायल्सका रोगीहरुका लागी समेत यो ट्वाइलेट बढी उपयोगी रहेको उनको भनाई छ।
सन् २०१० मा कामको सिलसिलामा जापानमा गएको बेला न्यौपानेले आफैँ दिशापिसाब धोइदिने ट्वाइलेट देखेपछि नेपाल आएर उनले त्यसलाई नेपालमा भित्र्याएका हुन्। सेतोपाटी





