Select Menu

राजनीति

समाज

खेलकुद

स्वास्थ्य

प्रविधि

फिल्मी

मनोरन्जन

Video Posts

» » गुगलले सगरमाथालाई चीनतर्फ देखाएको भन्दै विरोध र्‍याली


Unknown 10:34:00 AM 0

१२ चैत, काठमाडौं । सर्चइन्जिन गुगलले सगरमाथालाई चीनमा देखाएको बिरोधमा सुनसरीको इटहरीमा विरोध र्‍यालीको आयोजना गरिएको छ ।




शुक्रबार बिहान इटहरी चोकमा आयोजना गरिएको र्‍यालीमा नागरिक समाज, पत्रकार तथा सर्वसाधारणको
उपस्थिति रहेको थियो । र्‍यालीका सहभागीहरुले सर्चइन्जिन गुगललाई गल्ती सुधार गर्न आग्रह गरेका थिए । उनीहरुले सगरमाथा नेपालको भएका भन्दै विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

विश्वभर नेपाललाई चिनाउने सगरमाथालाई पछिल्लो समय विश्वचर्चित सर्च इन्जिन गुगलले उसको म्यापमा चिनियाँ भूभागतर्फ देखाउन थालेपछि इन्टरनेट प्रयोगकर्ता सशंकित भइरहेका छन् । केही सातायता गुगल म्यापमा नेपालको सगरमाथालाई चीनको टिंग्री जिगेज चीनमा देखाइरहेको छ ।

तस्वीर साैजन्यः सन्तोष यादव

«
Next
Newer Post
»
Previous
Older Post
Copyright © 2014 ILAM ONLINE.