Select Menu

राजनीति

समाज

खेलकुद

स्वास्थ्य

प्रविधि

फिल्मी

मनोरन्जन

Video Posts

» » मकवानपुरमा विद्यार्थीले क्याम्पसमा पेट्रोल बम आक्रमण गरे


Unknown 10:51:00 AM 0

काठमाडौं, २७ साउन । शुल्कको विषयलाई लिएर विवाद बढेपछि विद्यार्थीले हेटौंडामा रहेको मकवानपुर बहुमुखी क्याम्पसमा आगजनी गरेछन् । स्नातक तहको पहिलो बर्षको परीक्षा फाराम शुल्कको विषयलाई लिएर विद्यार्थीहरुले क्याम्पसमा आगजनी गरेका हुन् । तर, क्याम्पस प्रशासनले भने पेट्रोल बम आक्रमण गरेको भन्दै विद्यार्थी नेताहरु विरुद्ध प्रहरीमा किटानी जाहेरी दिएको छ । किटानी जाहेरी परेपछि प्रहरीले राष्ट्रिय प्रजातन्त्रिक विद्यार्थी संगठनका जिल्ला सचिव राकेश महर्जनलाई नियन्त्रणमा लिएको छ ।


Makawanpur Compush1
अन्यको पनि खोजी भइरहेको प्रहरीले बताएको छ । बुधबार विहान १० बजे सञ्चालक समितिको बैठक चलिरहँदा विद्यार्थीहरुले पेट्रोल बम प्रहार गर्दा सञ्चालक समितिका अध्यक्ष डोरमणी पौडेलको कार्यकक्षका फर्निचर, कार्पेट लगायतका सामान जलेर नष्ट भएका क्याम्पस प्रशासनले जानकारी दिएको छ । एकीकृत माओवादी निकट अखिल क्रान्तिकारीका क्याम्पस इकाइ अध्यक्ष अमृत बर्तौला सहितको टोलीले पेट्रोल बम हानेको क्याम्पस प्रशासनको दाबी छ ।

«
Next
Newer Post
»
Previous
Older Post
Copyright © 2014 ILAM ONLINE.