कसरी सूर्यलाई हेर्ने तथा स्वास्थ्यका लागि कसरी फाइदा लिने जानौं।
काठमाडौं । उदाउँदो र अस्ताउँदो सूर्यलाई हेर्दा मेलाटोनिन र सेरोटोनिन हार्माेनको श्राव धेरै हुने हुँदा यसले मानव स्वास्थ्यलाई निकै फाइदाजनक हुनेछ । विशेष गरी तनाव हुन नदिने, आँखालाई आराम तथा शरीरलाई स्फूर्त पनि राख्ने काम गर्छ ।
यस्तै सूर्यको किरणले हाम्रो छालालाई ऊर्जा प्राप्त हुन्छ । सूर्यको किरणबाट भिटामिन डी प्राप्त गर्न सकिन्छ जसले हड्डीलाई बलियो बनाउने काम गर्छ । यसर्थ चिकित्सकहरुले घाममा शरीर तताउन पनि सल्लाह दिन्छन् । तर शरीरलाई घाममा तताउनु अघि केहीबेर सूर्यलाई नाङ्गो आँखाले अवलोकन गर्दा निकै फाइदा हुन्छ । कसरी सूर्यलाई हेर्ने तथा स्वास्थ्यका लागि कसरी फाइदा लिने जानौं।
कति सयम सूर्यलाई हेर्न
सूर्याेदय तथा सूर्यास्तको समयमा जब घाम उदाउने र डुब्ने बेला हुन्छ तब नाङ्गो आँखाले सूर्य तर्फ १० सेकेन्ड सम्म हेर्नुहोस् । यसरी सूर्यलाई दैनिक अवलोकन र सूर्यको ताप लिँदा पाउने फाइदा लिन सक्नु हुन्छ ।
मेलाटोनिन र सेरोटोनिन
सूर्यलाई हेर्दा मेलाटोनिन र सेरोटोनिनको उत्पादन बढ्छ । वास्तवमा सूर्य तर्फ हेर्दा पिनियल ग्रन्थि पनि उत्तेजित हुन्छ , जुन आँखासँग सिधा सम्बन्ध राख्छ भने दिमाखको कार्य क्षमता पनि बढाउँछ । यसले मेलाटोनिन र सेरोटोनिनको उत्पादनले शरीरमा आरामको महसुस पनि हुन्छ ।
ऊर्जाको स्तरमा वृद्धि
उदाउँदो र अस्ताउँदो सूर्यलाई हेर्दा शरीरमा शक्ति प्राप्ति हुने र अधिक क्रियाशिल क्षमता पनि पाइनेछ । सूर्यलाई हेर्दा हार्मोनको श्राव हुने भएकाले पनि शक्ति प्राप्त र काम गर्ने क्षमतामा पनि वृद्धि हुने हो ।
पिनियल ग्रन्थिको आकारमा वृद्धि
सूर्य तर्फ हेर्दा पिनियल ग्रन्थिको आकारमा वृद्धि हुन्छ । यसलाई तेश्रो आँखा पनि भनिन्छ । हार्माेनको स्तर बढ्ने कारणले पनि यस्तो हुने भएको हो । उमेर बढ्ने क्रममा पिनियल ग्रन्थि खुम्चिने भएकाले सूर्यलाई हेर्नु आवश्यक छ । सूर्य तर्फ हेर्ने व्यक्तिको ७० वर्ष पुग्दा पनि पिनियल ग्रन्थि अन्य व्यक्तिको तुलनामा तीन गुणा बढी हुन्छ ।
शरीरको तौल कम गर्छ
उदाउँदो र अस्ताउँदो सूर्यलाई हेर्दा दिमाख र शरीर दुवैलाई पोषण मिल्छ । यस्तै सूर्य तर्फ हेर्दा खाना खान कम मन लाग्ने भएकाले पनि शरीरको तौलमा कमी आउँछ ।
आँखामा आराम
सूर्य तर्फ हेर्दा आँखालाई पनि आराम मिल्छ । व्यायामबाट प्राप्त गरे झैं यसबाट पनि आँखालाई आराम हुन्छ । १० सेकेन्डसम्म खुला आँखाले सूर्यलाई हेर्ने र फेरि आँखा बन्द गरेपछि फेरि २ सेकेन्डसम्म सूर्यलाई हेर्नु फाइदाजनक हुनेछ ।
मनोवैज्ञानिक प्रभाव
सूर्यलाई हेर्दा मनोवैज्ञानिक प्रभाव पर्छ । बिहान उठेर खुला हावामा सूर्यलाई हेर्ने व्यक्तिको दिमाखमा सकारात्मक विचार आउँछ । यसले तनावलाई पनि हटाउँछ र काम गर्ने क्षमतामा विकाससँगै शरीरलाई पनि स्फूर्त राख्छ ।




