Select Menu

राजनीति

समाज

खेलकुद

स्वास्थ्य

प्रविधि

फिल्मी

मनोरन्जन

Video Posts

» » ११ हजार ७ सय फिटमा सलमानको सुटिङ


Unknown 10:43:00 PM 0

मुम्बइको उच्च न्यायलयले सेसन अदालतले ५ बर्षको लागि सुनाएको जेल सजायँबाट जमानत दिएपछि बलिउड नायक सलमान खान आफ्नो काममा फर्किएका छन् ।


उनी अहिले चलचित्र ‘बजरंगी भाइजान’को छायांकनका लागि काश्मिर पुगेका छन् । चलचित्रका निर्देशक कविर खानले सलमान खान अहिले समुन्द्री सतहबाट करिब ११ हजार ७ सय फिट माथि चलचित्रको छायांकन गरिरहेको जनाएका छन् । त्यहाँको तापक्रम माइनस २ डिग्री छ ।

चलचित्रको अन्तिम सेड्यूलमा अहिले छायांकन भैरहेको छ । चलचित्रको छायांकन ५ दिनमा सकिनेछ । यसपछि सलमान चलचित्र ‘प्रेम रतन धन पायो’को छायांकनमा जानेछन् । यही बर्षको ईदमा चलचित्र प्रदर्शनमा ल्याइने भएकाले पनि सलमानको व्यस्तता बढेको हो ।

करिना कपुरले समेत मुख्य भूमिकामा काम गरेको यो चलचित्रमा एक्सनलाई महत्व दिइएको छ । जेल जानु नपरेपछि सलमानलाई ठूलो राहत मिलेको हो । उनको यो मुद्दाको बहस जुलाईबाट सुरु हुनेछ ।

«
Next
Newer Post
»
Previous
Older Post
Copyright © 2014 ILAM ONLINE.