Select Menu

राजनीति

समाज

खेलकुद

स्वास्थ्य

प्रविधि

फिल्मी

मनोरन्जन

Video Posts

» » दुई सय वर्ष पुरानो ४ सय किलो रुद्राक्ष भेटियो


Unknown 10:32:00 PM 0

३१ वैशाख, काठमाडौं । राजधानीको त्रिपुरेश्वरमा रहेको महादेव मन्दिरमा दुई सय वर्ष पुरानो करिब चार सय किलो रुद्राक्ष भेटिएको छ । पूर्णरुपमा क्षतिग्रस्त भएकोे स्टोर कोठाबाट सो परिमाणको रुद्राक्ष निकालिएको हो ।


मन्दिर व्यवस्थापन र प्रहरीले उक्त रुद्राक्षलाई सुरक्षितरुपमा राख्न केन्द्रीय गुठीमा पठाउन बोरामा शिल गरेर राखेको छ । यही वैशाख १२ गते गएको भूकम्पबाट मन्दिरमा क्षति पुगेको थियो ।

‘ध्वस्त भएको स्टोररुमबाट सेना र प्रहरीले मन्दिर स्थापना (१९७७) ताकाका करिब चार सय किलो रुद्राक्ष निकालेका छन्,’ मन्दिरका पुजारी विश्वनाथ भट्टले अनलाइनखबरसँग भने, ‘आफैमा रुद्राक्ष त्यसमाथि दुईसय वर्ष पुरानो यसको महत्वको बारेमा के भनिरहनु पर्ला र ?’

«
Next
Newer Post
»
Previous
Older Post
Copyright © 2014 ILAM ONLINE.