Select Menu

राजनीति

समाज

खेलकुद

स्वास्थ्य

प्रविधि

फिल्मी

मनोरन्जन

Video Posts

» » ९० सालको भूकम्पमा सय रुपैयाँ राहत, विदेशबाट राहत आएको थिएन


Unknown 8:19:00 AM 0

२१ वैशाख, काठमाडौ । ९० सालमा पनि नेपालमा विनाशकारी महाभूकम्प आएको थियो । उक्त भूकम्पका पीडितलाई तत्कालिन प्रधानमन्त्री जुद्धशमसेरले एक सय रुपैयाँका दरले राहत उपलब्ध गराएका थिए । अहिले वैशाख १२ गते पनि हजारौंको ज्यान जाने गरी भूकम्प आयो....


मकवानपुरको नामटारमा १९७६ सालमा जन्मिएका चिरञ्जीवी आचार्यले नयाँ पत्रिकासँगको कुराकानीमा ९० सालको भूकम्पको स्मरण गर्दै तत्कालिन प्रधानमन्त्री जुद्धशमसेरले गाउँका मुखियालाई जिम्मा लगाएर भूकम्पपीडितलाई एक सय रुपैयाँका दरले राहत बाँडेको बताए ।

९० सालको ८.४ रेक्टर स्केलको भूकम्पबाट धेरै धनजन र मानवीय क्षति ब्यहोर्नु परेको थियो । १९९० साल माघ २ गते सोमवारको दिन दिउँसो २ बजेतिर आएको उक्त भूकम्पअघि नै कुनै न कुनै विपत्ति आइलाग्ने भविष्यवाणी विभिन्न ज्योतिषहरुले गरेको पनि आचार्यले स्मरण गरे ।

९० सालको भूकम्पमा करिब ८ हजार मानिसको मृत्यु भएको थियो । सरकारले सवै पीडितलाई राहत उपलब्ध गराएको थियो तर अहिले जस्तो विदेशबाट राहत नआएको उनले बताए ।
source : onlinekhabar.com 

«
Next
Newer Post
»
Previous
Older Post
Copyright © 2014 ILAM ONLINE.