Select Menu

राजनीति

समाज

खेलकुद

स्वास्थ्य

प्रविधि

फिल्मी

मनोरन्जन

Video Posts

» » भारतबाट प्राप्त २२ पोका थोत्रा कपडा फिर्ता गर्न गृहको निर्देशन


Unknown 7:14:00 AM 0

भूकम्पपीडितको सहायतार्थ भारतबाट प्राप्त २२ पोका थोत्रा लुगा वितरण नगर्न गृह मन्त्रालयले सम्बन्धित निकायलाई निर्देशन दिएको छ।



गृह मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले भारतबाट प्राप्त २२ पोकाका लुगा प्रयोग भैसकेको पाइएकोले ती वितरण नगर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको जानकारी दिनुभयो।

दैवीप्रकोपमा परेका पीडितलाई पुराना लुगा दिँदा राम्रो सन्देश नगएकाले त्यस्ता थोत्रा कपडा सहायताका नाममा उठाउन र वितरण गर्न विगत दुई वर्षदेखि बन्द गरिएको बताउनुभयो । “बाढी पीडित, भूकम्पपीडितलाई थोत्रा कपडा सहयोग गर्न पार्इँदैन, यो काम दुई वर्षदेखिनै बन्द भएको छ, त्यसैले भारतबाट प्राप्त त्यस्ता कपडा फिर्ता पठाइदिन भनेको छौँ,” प्रवक्ता ढकालले भन्नुभयो। रासस

«
Next
Newer Post
»
Previous
Older Post
Copyright © 2014 ILAM ONLINE.