Select Menu

राजनीति

समाज

खेलकुद

स्वास्थ्य

प्रविधि

फिल्मी

मनोरन्जन

Video Posts

» » गगन थापाले १ बर्षको तलव राहतमा बाँड्ने


Unknown 9:18:00 PM 0

१७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा सभासद गगन थापाले भूकम्प पीडितहरुका लागि एक बर्ष बराबरको तलब राहतमा खर्च गर्ने भएका छन् ।

आफू निर्वाचित काठमाडौं क्षेत्रनम्बर ४ मा ७ लाख ७ हजार ६१६ रुपैयाँ खर्च गर्ने निर्णय गरेको उनले विज्ञप्ति मार्फत् जानकारी दिएका छन् ।
यसअघि सभामुख सुवास नेम्वाङको पहलमा बसेको सर्बदलीय बैठकले हरेक सभासदको एक महिना बराबरको तलब दैवि प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको थियो ।
‘निधन भएकाका परिवार र पूर्णरुपले विस्थापित भएकाका लागि तत्काल अत्यावश्यक पर्ने टेन्ट, खाद्यान्न, ब्ल्यांकेट लगायतका सामाग्री खरिद गर्नका लागि राहत स्वरुप मेरो तर्फवाट १ बर्षको तलव बरावरको रु ७ लाख ७ हजार ६१६ उपलव्ध गराउने निर्णय गरेको छु,’ गगन थापाको विज्ञप्तिमा उल्लेख छ ।
सहयोग, पुनःस्थापना र पुनर्निर्माणको काम ढिला भए पनि राहत ढिलो भयो भने त्यसको अर्थ नहुने भएकाले सरकारलाई नकुरी आफ्नै पहलमा राहत वितरण सुरु गरेको उनले बताएका छन् ।

साभारः अनलाइन खबर 

«
Next
Newer Post
»
Previous
Older Post
Copyright © 2014 ILAM ONLINE.