भुइँचालो आउँछ भन्दै हल्ला गर्नेलार्इ स्थानीयले पिटेपछि अस्पताल भर्ना
Unknown
9:03:00 PM
0
१७ वैशाख, काठमाडौं । भूकम्पबाट पीडित राजधानीका अधिकांश जनता बिहीबार अपराहृन एकाएक सडकमा निस्किए ।
शनिबार आएको विनाशकारी भूकम्पको त्रास कायमै रहेका बेला कसैले फेरि भूकम्प आउँदैछ भनेर माइकिङ गर्यो रे भन्दै उनीहरु अफवाहको भरमा सडकमा निस्किए । देशभरबाट फोन आउन थाल्यो ।
प्रहरीले हल्लाको पछि नलाग्न आग्रह गर्यो । लगतै भूकम्पको अफवाह फैलाउनेलाई पक्राउ गरेको छ । प्रहरीले ललितपुर २ का राजेन्द्र खड्की र दोलखा सैलुङ घर भई लाजिम्पाट बस्ने हिराबहादुर थापालाई साँझ पक्राउ गरी सार्वजनिक गरेको छ ।
भूकम्पको अफवाह फैलाएको भन्दै खड्गीलाई पाटनका स्थानीयबासीले कुटपिट गरेका थिए ।
खड्गी चोरी लगायतको सजायँमा छुटेका व्यक्ति हुन् । नक्कली कपाल लगाएका उनले गाँजा सेवन गरी भूकम्प आउँदैछ भन्ने अफवाह फैलाएका थिए ।
ठमेलबाट पक्राउ परेका थापाले भने मादक पदार्थ सेवन गरेर भूकम्पको हल्ला गरेका थिए । उनीहरुलाई शान्ति सुरक्षामा खलल पुर्याएको अभियोगमा सार्वजनिक ऐन अनुसार कारबाही हुने प्रहरीले बताएको छ ।
source : onlinekhaber





