४ महिने शिशुको २२ घण्टा पछि जिवितै उद्धार - फोटो सहित
Unknown
7:13:00 PM
0
शनिबार विहान गएको महाविनाशकारी महाभूकम्पमा फसेका एक ४ महिने शिशुको २२ घण्टा पछि जिवितै उद्धार भएको छ ।
सोमबार राति २ बजे भक्तपुर –४ मूलढोकाका श्याम अवालका चार महिनाका छोरा सोनित अवाललाई सेनाको उद्धार टोलीले जिवितै उद्धार गरेको हो । घर लडेर शिशु पुरिएपछि श्यामले उद्धारकर्मीलाई खबर गरेका थिए ।
सेनाको उद्धार टोलीले छाडेर गएपछि शिशु रोएको आवाज फेरि सुनियो । सेनाको टोली पनि फेरि आयो । निरन्तरको प्रयासपछि राति २ बजे शिशुलाई सकुशल निकालियो ।
शिशुको अवस्था अहिले सामान्य रहेको उनका बाबु श्याम अवालले जानकारी दिए । भक्तपुर अस्पतालमा उनको उपचार भएको छ । प्रारम्भिक परिक्षणका क्रममा उनलाई भित्री चोट देखिएको छैन ।
तस्बिरः अमुल थापा




