Select Menu

राजनीति

समाज

खेलकुद

स्वास्थ्य

प्रविधि

फिल्मी

मनोरन्जन

Video Posts

» » » नाकाबन्दी हल्लामात्रै


Unknown 9:13:00 AM 0

काठमाडौँ, असोज ६  । भारतले नेपालमाथि नाकाबन्दी गरेको हल्लाले मंगलबार मुलुकभर तनाव भयो । राजधानीका पेट्रोल पम्पमा निमेषमै लामो लाइन देखियो भने मिडियाले न्युज बे्रक गर्दै सीमा क्षेत्रमा ट्रक रोकिएको समाचार दिइरहे । कतिपयले बिहारको आसन्न चुनावलाई ध्यानमा राखेर अहिलेदेखि नै सीमा बन्द गरिएको प्रचारसमेत गरे ।
अघिल्लो दिन नेपालको नयाँ संविधान र तराई आन्दोलनप्रति कडा विज्ञप्ति जारी गरेकाले भारतप्रति आशंका छँदैथियो तर यथार्थ यस्तो थिएन । भारतले नेपालमा नाकाबन्दी लगाएको हल्लापछि राजधानीका अधिकांश पेट्रोलपम्पमा दिनभर भीड रह्यो ।
सरकारी र निजी दुवै खाले पम्पमा उपभोक्ताले घन्टौं कुरेर पेट्रोल भरे । तर, नेपाल आयल निगमले भने भारतले नाकाबन्दी गरेको नभई संविधान जारी भएपछि भएको २ दिन बिदाका कारण आपूर्ति रोकिएको स्पष्ट पारेको छ, आजको कारोबार दैनिकमा खबर छ ।

«
Next
Newer Post
»
Previous
Older Post
Copyright © 2014 ILAM ONLINE.