Select Menu

राजनीति

समाज

खेलकुद

स्वास्थ्य

प्रविधि

फिल्मी

मनोरन्जन

Video Posts

» » संविधानसभा भवनको रात्रिभोजमा ४५ लाख खर्च !


Unknown 9:17:00 AM 0


६ असोज, काठमाडौं । संविधान जारी भएको खुसियालीमा संविधानसभा भवन परिसरमा सञ्चालन गरिएको रात्रिभोजमा ४५ लाख रुपैयाँ खर्च भएको छ । राष्ट्रपतिदेखि सबै पाहुलाका लागि रात्रिभोज आयोजना गरिएको जनआस्था साप्ताहिकमा खबर छ ।

तीन हजार जनाका लागि अर्डर भए पनि चार हजार भन्दा बढीले खाएको भन्दै संसदमा क्यान्टिन चलाईरहेको अल्फा हाउसले धेरै दाबी गरिरहेको संसद सचिवालयका कर्मचारीले बताए ।

संसदीय समितिको बेठक बसेको समयमा तीन सय रुपैइाँमा खुवाउने खानाभन्दा केही फरक नभए पनि प्रतिप्लेट एक हजार पाँच सयका दरले अल्फालाई पैसा तिर्नुपर्नेछ । सामान्य हिसावले पनि तीन हजार जनाका लागि एक हजार पाँच सयका दरले ४५ लाख रुपैयाँ हुन आउँछ ।

अल्फाले प्रतिप्लेट भ्याटबाहेक एकहजार पाँच सय रुपैया दाबी गरेको छ । रात्रिभोजमा संसदसचिवालयका बहालवाला र पूर्वकर्मचारीका सपरिवार आएका थिए ।

«
Next
Newer Post
»
Previous
Older Post
Copyright © 2014 ILAM ONLINE.