Select Menu

राजनीति

समाज

खेलकुद

स्वास्थ्य

प्रविधि

फिल्मी

मनोरन्जन

Video Posts

» » भूकम्पको विपदका बेला चोरी गर्ने १२ जना पक्राउ सचेत रहन सर्वसाधारणलाई प्रहरीको आग्रह


Unknown 7:20:00 AM 0

६ जेठ, काठमाडौं । विनाशकारी भूकम्पको विपदका बेला चोरी गर्ने १२ जनालाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको छ ।


पाकेटमारीमा संलग्न चार जना र चोरीकै मुद्धामा फरार एक अभियुक्त पनि पक्राउ गरेका छन् । अपराध महाशाखाले बुधबार पत्रकार सम्मेलन गरेर पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको छ ।

साथै प्रहरीले विपद पछिको समयमा चोरीको घटनाहरु बढ्न सक्ने भन्दै सचेत रहेका आम सर्वसाधारणलाई आग्रह गरेको छ ।

भूकम्पका कारण जनजीवन अस्तव्यस्त भएको मौका छोपी बालाजु, महाराजगञ्ज र बौद्ध क्षेत्रमा चोरीमा संलग्न आठ जनाको समूह पक्राउ परेका छन् । उनीहरु मध्ये केही पटक पटक चोरीमा संलग्न भएको पाइएको छ ।

पक्राउ पर्नेमा रामेछाप घर भई बालाजु बस्ने पेम्बा लामा, उर्लाबारी घर भई मनमैजु बस्ने सुवास सुब्बा, धादिङ घर भई मनमैजु बस्ने छिरिङ लामा, काभ्रे पनौती घर भई नयाँ बसपार्क बस्ने प्रेम सुर्खेती र बाग्लुङ रातमाटे घर भई नयाँबसपार्क बस्ने विकास थापा मगर छन् । उनीहरु पटक पटक चोरीमा संलग्न रहेको प्रहरीको अनुसन्धानबाट देखिएको छ ।

यस्तै ओखलढुंगा ठोकसेल घर भई नयाँ बसपार्क बस्ने प्रकाश बलम्पाकी, धादिङ ज्यामरुङ घर भई बसुन्धरा बस्ने केदार लम्साल र सर्लाही हरिवन घर भई बसुुन्धरा बस्ने मनु भन्ने सुन्दरलाल श्रेष्ठ रहेका छन् । प्रकाश, केदार र सुन्दर लाल चोरीका समान खरिदमा संलग्न रहेको प्रहरीको अपराध महाशाखाले जनाएको छ ।

यस्तै बौद्धकी विष्णुमाया तामाङको २ लाख ३५ लाख लुटपाट गर्ने धादिङ घर भई कलंकी बस्ने हिराबहादुर शाही, सिन्धुपाल्चोक पेट्खु घर भई बेशीगाउँ बस्ने कालेभोटे मनबहादुर तामाङ पनि परेका छन् ।

मोटरसाइकलमा आएर उनीहरुले ग्लोबल आईएमई बैंकबाट पैसा झिकेर गन्तव्यतर्फ जाँदै गरेकी विष्णमायासँग रहेको रकम लुटेर भागेका थिए । उनीहरुको साथबाट २ हजार नगद मात्र बरामद भउको छ ।

यसैगरी ललितपुर सुनाकोठीका शिजराज कार्कीको घरमा चोरी गरेको आरोपमा कैलाली टिकापुर घर भई गौशला बस्ने देवकुमार चौधरी र रामेछाप रामपुर घर भई बसुन्धरा बस्ने होमबहादुर मगर पनि पक्राउ परेका छन् । चौधरी पटक पटक चोरीमा संलग्न देखिएका छन् भने मगरले चोरीका सामान खरिद गरेका थिए ।

उनीहरुको साथबाट दुई थान सुनको चुरा, एक थान ब्रसलेट, ७ थान औंठी, मुगा जडित लकेट एक थान, घडी, मोबाइल र प्यालपट बरामद भएको छ ।

प्रहरीले ललितपुर एसियामा पाकेटमारीमा संलग्न रहेकेा आरोीमा छिरिङ लामा, बाहुन भन्ने गणेश देवकोटा र आयुष लामालाई पनि पक्राउ गरेको छ । यस्तै चोरीको मुद्धामा फरार काभ्रे सिम्थली घर भई बानियाटार बस्ने सुनिल महतलाई पनि पक्राउ गरेको छ ।

पत्रकार सम्मेलनमा महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्कीले आम नागरिकको सहयोग र प्रहरीको सक्रियतामा विपदको बेलामा धेरै हदसम्म चोरीका घटनाहरुलाई रोक्न सकिएको बताए ।

साथै उनले टेष्टमा बसेको बेला चोरी हुन सक्ने भन्दै आफ्ना बहुमल्य सामानहरुलाई बैंकको लकरमा राख्न आग्रह समेत गरेका छन् ।


«
Next
Newer Post
»
Previous
Older Post
Copyright © 2014 ILAM ONLINE.