Select Menu

राजनीति

समाज

खेलकुद

स्वास्थ्य

प्रविधि

फिल्मी

मनोरन्जन

Video Posts

» » बाइकको गतिमा दौडन सकिने जुत्ता (भिडियो सहित)


Unknown 7:38:00 PM 0

न्यूयोर्क- यदी तपाईलाई लामो दूरीको यात्रामा जानुछ र तपाइसँग कार वा बाइक छैन भने अब चिन्ता नगर्नुस्। एक अमेरिकी अनुसन्धानकर्ताले यस्तो जुत्ता तयार गरेका छन् त्यो जुत्ता लगाएर तपाई बाइक वा कारको जति नै तेज गतिमा दौडिन सक्नुहुनेछ।


यस बायोनिक बुटको सहयोगमा ४० किलोमिटर प्रतिघण्टाको गतिमा दौडिन सकिने छ। अझ रमाइलो कुरा के छ भने यो जुत्ताको प्रयोग मानिसले बढाए भने हाल सडकमा गाडिका कारण हुने ट्राफिक जामबाट मुक्ति मिल्ने छ। साथै वातावरण प्रदुषण पनि कम हुने छ।

अनुसन्धानमा संलग्न किही सेयमोरले यो जुत्ता तयार गरेका हुन्। यसको मूल्य हाल नेपाली करीब २५ हजार रुपैयाँ पर्ने बताइएको छ। सेयमोरले जुत्ताको पछाडि एक स्प्रिङ जडान गरेका छन्, जसको सहयोगमा कंगारु जसरी छलाङ लगाउन सकिने छ। यसले कम गतिमा चल्ने कारको रफ्तारको बराबर दौडिन मद्दत गर्छ। जुत्ता बनाउने सेयमोरले उनी सानैदेखि सुतुरमरृग जस्तै तेज दौडिने कल्पना गर्ने गरेकै कारण आज यो जुत्ता बनाउन सकेको बताए।

संसारमा सबैभन्दा तेज गतिमा दौडिने जनावरकै गतिमा दौडिन सकिने संयन्त्र वा उपकरण्को निर्माण नगरेसम्म उनले आफ्नो अनुसन्धानलाई जारी राख्ने पनि बताएका छन्।
हेर्नुहोस् भिडियो:

«
Next
Newer Post
»
Previous
Older Post
Copyright © 2014 ILAM ONLINE.