दोलखामा हराएको अमेरिकी सेनाको हेलिकप्टर देखियो
Unknown
1:25:00 PM
0
दोलखा, वैशाख ३० – दोलखामा हराएको अमेरिकी
सेनाको हेलिकप्टर सम्पर्कमा नआए पनि देखिएको जिल्ला प्रहरी कार्यालय
दोलखाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका नायव उपरीक्षक अजय केसीका
अनुसार मंलबार दिउँसोदेखि हराएको अमेरिकी सेनाको हेलिकप्टार राति दोलखाको
सुनखानी गाविसमा देखिएको हो ।
तर टेलिफोन सम्पर्क नहुँदा र त्यहाँ
बाक्लो तुवाँलो लागेकाले हेलिकप्टर निकाल्न सकिएको छैन । दोलखामा उद्धारका
लागि खटिएको अमेरिकी सेनाको हेलिकप्टर मंलबार विहान ९ बजेर १७ मिनेटमा
काठमाडौंबाट उडेको विमानस्थल कार्यलयले जनाएको छ ।




