भारतीय सरकारको तर्फबाट पठाईयो चारसय गाडी
Unknown
12:39:00 PM
0
शनिबार गएको विनाशकारी महाभुकम्पका त्रासका कारण काठमाडौंबाट स्वदेश फर्कन चाहने आफ्ना नागरिकलाई लिन भारतबाट सयौंको संख्यामा गाडी काठमाडौं आइपुगेका छन्।
घर जान आतुर भएर काठमाडौंबाट बाहिरिने मुख्य नाका कलंकी, बल्खु, कोटेश्वरमा जम्मा भएका भारतीय नागरिकलाई नेपालको सिमावर्ती राज्य उत्तरप्रदेशबाट झण्डै चार सयवटा गाडी आएको एक गाडी चालकले बताए।
कलंकी चोकबाट मोडिएर बल्खु कोटेश्वरतर्फ रहेका यात्रुहरुलाई लिन जादै गरेका एक चालकले भने, ‘हिजो साँझ उत्तरप्रदेश सरकारको आग्रहमा गोरखपुरबाट हिडेका करिब ४ सयवटा गाडी काठमाडौं आइरहेका छन्।’
लाइन लागेर राजधानी भित्रदै गरेका भारतीय गाडीको कारण केही समय कलंकी चोकमा रहेका ट्राफिक प्रहरीलाई समस्या नै परेको थियो।
भारतीय सरकारको तर्फबाट पठाइएका गाडीको अगाडि ‘इन्डो नेपाल मैत्री राहत बहान’ लेखिएको छ। एक गाडीका सहयोगीले भारतीय नागरिकलाई विशेष प्राथमिकताका साथ परिचय पत्र हेरी यात्रा गर्न दिइने बताए।
भुकम्पको कारण उत्पन्न संकटका बेलामा पनि यातायात व्यवसायीले न्यून संख्यामा सवारी साधान सञ्चालन गर्ने र सञ्चालनमा ल्याउँदा पनि चर्को भाडा लिन थालेपछि भारतीय सरकारका गृहमन्त्री राजनाथ सिंहले उत्तर प्रदेश, बिहार लगायत नेपालको सीमासँग जोडिएका राज्यहरुलाई काठमाडौमा रहेका नागरिकलाई लिन गाडी पठाउन निर्देशन दिएका थिए।
साभारः setopati.com




