बिरामीलाई खुवाउने हाम्रो सामार्थ्य छैन : वीर अस्पताल
Unknown
12:26:00 PM
0
महाभूकम्पबाट घाइते बिरामी र तीनका कुरुवाहरुलाई खाना खुवाउने सामाथ्र्य नभएको वीर अस्पतालले जनाएको छ।
विरामी र तिनका कुरुवालाई खाना खुवाउन नसक्नु नै अहिलेको प्रमुख समस्या भएको वीर अस्पतालका निर्देशक स्वयं प्रकाश पण्डितले सेतोपाटीलाई बताए।
‘हामीसंग अरु धेरै समस्या छैनन्। हाम्रा पुरानै विरामीहरुलाई खानाको व्यवस्था गर्न सकेका छौँ तर भूकम्पबाट प्रभावितहरुलाई सकेका छैनौँ,’ उनले भने।
यद्यपी भूकम्पका घाइतेको सहयोगका लागि स्वयंसेवकहरुले ट्रमा भवनमै हेल्प डेस्क पनि राखेका छन्। मनकारीहरुले त्यहाँ गएर सहयोग गर्न सक्नेछन्।
वीरमा आज नयाँ आएर दर्ता गर्न भ्याएका ३६ जना विरामी थपिएका छन् भने १२ जनाको डिस्चार्ज गरिएको छ।
वीरअस्पतालमा भूकम्पका घाइतेहरु मर्नेको संख्या भने ११४ पुगेको छ। तर, घाइते विरामीको एकीन तथ्याङ्क भने छैन।
साभारः सेतो पाती
प्रकाशित मिति: सोमबार, बैशाख १४, २०७२ १८:२१:३१




