Select Menu

राजनीति

समाज

खेलकुद

स्वास्थ्य

प्रविधि

फिल्मी

मनोरन्जन

Video Posts

» » भूकम्प पीडित को नाममा गलत एसएमएस


Unknown 1:37:00 PM 0


१५ वैशाख, काठमाडौं । आजभोली मोबाइलमा एउटा एसएमएस भाइरल भैरहेको छ । भूकम्प पीडितका लागि सहायता नम्बर २५ जनालाई पठाएमा ३२५ रुपैयाँ बोनस पाइन्छ भनेर । तर, यो गलत हो ।
यस्ता गलत एसएमएसमा विश्वास गरेर बोनस रकम पाइन्छ भनेर भ्रममा नपर्नुहोला । नेपाल टेलिकमले विज्ञप्ति निकालेर कुनै पनि किसिमको सन्देश प्रवाह गरे वापत बोनस दिने व्यवस्था नगरेको स्पष्ट पारेको छ । नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले मंगलबार विज्ञप्ति निकालेर बोनस रकम पाइने भन्दै मोबाइलमा आउने एसएमएसको खण्डन गरेकी छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘केही व्यक्तिहरुले Earthquake Helpline Number को वारेमा SMS पठाउँदा निश्चित रकम बोनस प्राप्त हुने भन्ने गलत तथा भ्रम फैलाउने SMS प्रवाह गरेको पाइएकोले नेपाल टेलिकम यसको खण्डन गर्दछ । हाल कम्पनीले कुनै पनि किसिमको सन्देश प्रवाह गरे वापत बोनस दिने व्यवस्था नगरेको जानकारी गराउँदछौं ।’
नेपाल टेलिकमले भूकम्प पीडितको उद्धारको लागि गृह मन्त्रालय एवं सूचना तथा सञ्चार मन्त्रालयको समन्वयमा १२३४ नम्बरको हटलाइन सञ्चालनमा ल्याएको छ ।
साभारः अनलाइन खबर 

«
Next
Newer Post
»
Previous
Older Post
Copyright © 2014 ILAM ONLINE.