शक्तिशाली पराकम्पनपछि उपत्यकामा हृदयघाटबाट चारको मृत्यु
Unknown
7:27:00 AM
0
काठमाडौं, वैशाख ३० – उपत्यकामा मंगलबारको पराकम्पनमा आठ जनाको मृत्यु भएको छ । त्यसमध्ये चार जनाको भूकम्प आउँदा हृदयघातका कारण मृत्यु भएको छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार काठमाडौंमा पाँच, भक्तपुरमा दुई र ललितपुरमा एक जनाको मृत्यु भएको हो ।
एसएसपी नारायणसिंह खड्काका अनुसार नयाँबजारमा नरमाया घले, गोकर्णेश्वरमा दुर्गादत्त श्रेष्ठ, भक्तपुरको बालकोटमा नारायण भट्टराई र बोडेमा श्यामसुन्दर श्रेष्ठको हृदयघातबाट मृत्यु हो ।
हृदयघातबाट मृत्यु हुने सबै ६० वर्षमाथिका छन् ।
नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।




