महंगोमा सामान बेच्ने ११ जना प्रहरी को खोरमा
Unknown
8:01:00 AM
0
१६ वैशाख, काठमाडौं । भूकम्पको महाविपत्तिबाट फाइदा उठाउँदै उपभोक्तालाई महंगोमा सामान बेच्ने ११ जनालाई प्रहरीले बल्खु, कलंकी र नयाँ बसपार्कबाट पक्राऊ गरेको छ । प्रक्राउ पर्नेहरुमा अधिकांश किराना पसले छन् । अपराध अनुसन्धान महाशाखाका डीएसपी वसन्त रजौरे र इन्स्पेक्टर गोविन्द पन्थीको नेतृत्वमा खटियो टोलीले ती व्यापारीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा महंगो पानी बेच्ने युगलकिशोर साह बल्खुबाट समातिएका छन् । त्यस्तै कलंकीका मिठाइ पसले रोहित साह पनि उपभोक्तालाई ठगेको आरोपमा समातिएका छन् । किराना पसलमा चौगुणा बढी मूल्यमा समान बेचिरहेको भेटेपछि प्रहरीले कलंकीबाट निरु पौडेल, सुशीला मानन्धर, दीपक वीसी र सुरेश पण्डित समातिएका छन् । त्यसैगरी नयाँ बसपार्क, बालाजु क्षेत्रबाट दीपा चालिसे, दीपा शर्मा, कन्हैयालाल चौधरी, लोकबहादुर सिंखडा र भागवत दाहाल पक्राउ परेको प्रहरी स्रोतले अनलाइनलाई जानकारी दिएको छ । उनीहरुलाई कालीमाटी र नयाँ बसपार्कस्थित प्रहरी हिरासतमा राखिएको छ । विपतका बेलामा उपभोक्तालाई ठग्नेलाई दुईलाख रुपैयाँसम्म जरिवाना हुने कानूनी व्यवस्था छ । नेपाल प्रहरी स्रोतले विहीबार पनि कालाबजारियामाथिको अप्रेशन जारी रहने अनलाइनखबरलाई बतायो ।
source : onlinekhaber





