यात्रु ठग्ने १६ सवारीका चालक सहचालक प्रहरी नियन्त्रणमा
Unknown
8:17:00 AM
0
भरतपुर, वैशाख १६ - यात्रुसँग चर्को भाडा असुल्ने १६ वटा सार्वजनिक सवारी साधनका चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीय र बाहिरका विभिन्न रुटमा चल्ने सवारी साधनका चालक र सहचालकले तोकिएको भन्दा बढी भाडा यात्रुबाट असुलेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक टेक बहादुर कार्कीले बताए ।
नियन्त्रणमा लिइएकाहरुलाई चालक र सहचालकलाई मुद्दा चलाउने तयारी गरिएको उनले बताए । उनीहरु विरुद्ध कालोबजारी ऐनअन्तर्गत मुद्दा चलाइने उनले बताए ।
मंगलवार र बुधवार गरी पुल्चोक, आपटारी, बसपार्कबाट उनीहरुलाई पक्राउ गरिएको थियो ।
भूकम्प प्रभावित यात्रुसँग चर्को भाडा असुलिएको गुनासो बढेपछि सवारी चालक र सहचालकलाई नियन्त्रणमा लिई कारवाही थालिएको कार्कीले बताए ।
कान्तिपुर द्वारा प्रकासित
कान्तिपुर द्वारा प्रकासित




