भक्तपुरको एक कोलनीबाट २५० जनाको शव
Unknown
12:49:00 PM
0
भुकम्प आएको आज ५ दिन भइसकेको छ । तर जनजीवन सामान्य बन्न सकेको छैन्। मानिसहरुको शव भेट्ने क्रम जारी छ। यसैबीच भक्तपुरको एक कोलनीबाट २५० जनाको शव निकालि सकिएको प्रहरीले बताएको छ।
कोलोनीमा बस्दै आएका करिव ९ सय परिवारका कति सदस्य अझै हराइरहेका छन् यकिन भएको छैन। त्यही कोलनीमा बस्दै आएका आगुम प्रजापतिको २५ परिवारमध्ये १६ जनाको भुकम्पका कारण मृत्यु भइसकेको छ। उनीहरुको शव अझै निकाल्न सकिएको छैन्।





